जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
काठमाडौं, भदौं ३० : २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका ७ काँडाघारी बस्ने ५० वर्षीय ललित श्रेष्ठलाई बुधबार...
काठमाडौं, भदौं ३० : २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका ७ काँडाघारी बस्ने ५० वर्षीय ललित श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ललितले ती महिलालाई गत आइतबार उनकै डेराकोठामा गई जबरजस्ती करणी गरी फरार रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त ठिमिबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका ३२ कोटेश्वरबाट पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: १८:३१ बजे, बिहीबार, भदौ ३०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












