Kathmandu Press

राष्ट्रियसभाबाट बिमा विधेयक, २०७५ पारित

काठमाडाैं, भदाै ३० : राष्ट्रियसभाबाट बिमा विधेयक २०७५ पारित भएको छ।बिहीबार बसेको बैठकमा अर्थमन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका ऊर्जामन्त्री पम्फा भुसालले बीमा विधेयक २०७५...
राष्ट्रियसभाबाट बिमा विधेयक, २०७५ पारित

काठमाडाैं, भदाै ३० : राष्ट्रियसभाबाट बिमा विधेयक २०७५ पारित भएको छ।

बिहीबार बसेको बैठकमा अर्थमन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका ऊर्जामन्त्री पम्फा भुसालले बीमा विधेयक २०७५ पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभएको थियो।

त्यस्तै बैठकले ऊर्जामन्त्री भुसालले नै प्रस्तुत गर्नुभएको सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७६ लाई पारित गरेको छ।

त्यसअघि बिहीबार नै बसेको राष्ट्रियसभाको पहिलो बैठकले पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयकलाई पारित गरेको छ। राष्ट्रियसभाको अर्को बैठक शुक्रबार बोलाइएको छ। 

प्रकाशित मिति: १६:३८ बजे, बिहीबार, भदौ ३०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्