Kathmandu Press

इमाडोलमा जितिया पर्व

ललितपुर, भदाै ३० : मिथिला संस्कृतिअनुसार इमाडोलमा जितिया पर्व मनाइएको छ।नेपाल महिला समाज समूहद्वारा आयोजित सो कार्यक्रममा समूहका अध्यक्ष अनिका झाले  जितिया पर्वको...
इमाडोलमा जितिया पर्व

ललितपुर, भदाै ३० : मिथिला संस्कृतिअनुसार इमाडोलमा जितिया पर्व मनाइएको छ।

नेपाल महिला समाज समूहद्वारा आयोजित सो कार्यक्रममा समूहका अध्यक्ष अनिका झाले  जितिया पर्वको ऐतिहासिक पक्षमाथि चर्चा गरेकी थिइन्।

उनका अनुसार जितिया पर्वलाई जिमूतवाहन, जितिया र जिवित्पुत्रका नामले पनि चिनिन्छ। विशेष गरी महिलाले  सन्तानको दीघार्यु, परिवारको सुख, शान्ति, रक्षाका साथै वंश वृद्धिका लागि व्रत बस्ने गर्छन्। व्रत बस्दा महिलाले लोकगीत गाउँदै समूहमा बसी कथा सुन्ने गर्छन्।

उपत्यकामा विशेष गरेर थारू र तराईका महिला काठमाडौँको पशुपति क्षेत्र र विभिन्न मन्दिरमा गई पूजा गर्छन्। खोला–नालामा समूहमा गई धुमधामसँग जितिया पर्व मनाउँछन्।

प्रकाशित मिति: १६:२६ बजे, बिहीबार, भदौ ३०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्