Kathmandu Press

बाढीमा परी पाकिस्तानमा पाँच जनाको मृत्यु

इस्लामाबाद, भदाै ३० : पाकिस्तानका विभिन्न भागमा अविरल वर्षासँगै आएको बाढीमा परी गएको २४ घन्टा यतामात्र पाँच जनाको ज्यान गएको छ। साथै बाढीमा परेर...
बाढीमा परी पाकिस्तानमा पाँच जनाको मृत्यु

इस्लामाबाद, भदाै ३० : पाकिस्तानका विभिन्न भागमा अविरल वर्षासँगै आएको बाढीमा परी गएको २४ घन्टा यतामात्र पाँच जनाको ज्यान गएको छ। साथै बाढीमा परेर अरु कैयौँ व्यक्ति घाइते भएका बताइएको छ। बितेका दुई महिनामा यहाँका एक हजार चार सय ८६ को बाढीबाट ज्यान गएको बताइएको छ।

त्यसैगरी पाकिस्तानको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण ९एनडिएमए० ले यहाँका हजारौँ व्यक्ति बाढी र पहिरोमा परेर घाइते भएका बुधबार प्रकाशन गरेको एक तथ्याङ्कमा सो कुराको जानकारी दिइएको छ। 

Hardik ivf

पाकस्तिानको दक्षिणपश्चिम प्रान्त बलुचिस्तानमा २४ घन्टा यतामात्र यस बर्षा र बाढीमा परीमा तीन व्यक्तिको मृत्यु, भएको छ। त्यसैगरी खैबर पाख्तुन्ख्वा प्रान्तमा यस प्रकोपको कारण दुई व्यक्तिको मृत्यु भएको समाचारमा जनाइएको छ। 

यहाँका तीन करोड ३० लाखभन्दा बढी नागरिक बाढीबाट प्रभावित भएका छन्। हजारौँ घर बाढीले बगाएको र लाखौलाख नागरिक घरबिहनी भएर आश्रय लिइरहेका छन्।उत्तरपश्चिमी प्रान्त खैबर पख्तुनख्वा, पञ्जाव प्रान्तमा पनि बाढीले असर गरेको छ। 

सबैभन्दा बढी सिन्धमा र त्यसपछि बलुचिस्तान, गिलगिट र बाल्टिस्तान क्षेत्र बाढीको चपेटामा परेका छन् ।बाढीबाट देशको भौतिक संरचनामा पनि अकल्पनीय क्षति पुगेको यहाँका अधिकारीले जनाएका छन्। बाढीले निम्त्याएको विनाशसँगै १२ अर्ब डलरभन्दा बढीको आर्थिक क्षति भएको अनुमान गरिएको छ ।

प्रकाशित मिति: १६:०६ बजे, बिहीबार, भदौ ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्