Kathmandu Press

पपुवा न्युगिनी भूकम्प : मृतककाे संख्या १० पुग्याे 

पोर्ट मोरेस्बी, भदाै ३० : पपुवा न्युगिनीमा गत आइतबार बिहान ७ः४६ बजे गएको ७.६ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ। यस...
पपुवा न्युगिनी भूकम्प : मृतककाे संख्या १० पुग्याे 

पोर्ट मोरेस्बी, भदाै ३० : पपुवा न्युगिनीमा गत आइतबार बिहान ७ः४६ बजे गएको ७.६ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ। यस भूकम्पमा परी अन्य कैंयौैं घाइते भएका छन्। 

उद्धारकर्ताहरू दुर्गम पहिरो प्रभावित समुदायहरूमा पुग्न थालेपछि मृतकको सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ। यस भूकम्पको केन्द्रबिन्दु ६.३० डिग्री दक्षिण अक्षांश र १४६.५५ डिग्री पूर्वीदेशान्तरमा ७० किलोमिटरको गहिराइमा रहेको जनाइएको छ।

भूकम्प प्रभावित क्षेत्रमा घर र पूर्वाधारमा व्यापक क्षति पुगेको छ। अहिले पनि धनजन क्षति विस्तृत विवरण भने प्राप्त भएको छैन्। 

प्रधानमन्त्री जेम्स मारापेले पपुवा न्युगिनीलाई आएको शक्तिशाली भूकम्पपछि सतर्क रहन चेतावनी दिएका छन्। तर यसको प्रभाव सन् २०१८ को भूकम्पभन्दा कम हुने अपेक्षा गरिएको छ। सन् २०१८ को भूकम्पमा परी १५० जनाको ज्यान गएको छ।

प्रकाशित मिति: १६:०२ बजे, बिहीबार, भदौ ३०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्