Kathmandu Press

बसले ठक्कर दिँदा वृद्धाको मृत्यु

कास्की, भदौ ३० : पोखराको लेखनाथमा माइक्रोबसको ठक्करबाट एक वृद्धाको मृत्युु भएको छ। बुधबार साँझ शिसुवा चोकमा ग१ख ६८३० नंको माइक्रोबसले ठक्कर दिएपछि गम्भीर घाइते...
बसले ठक्कर दिँदा वृद्धाको मृत्यु

कास्की, भदौ ३० : पोखराको लेखनाथमा माइक्रोबसको ठक्करबाट एक वृद्धाको मृत्युु भएको छ। 

बुधबार साँझ शिसुवा चोकमा ग१ख ६८३० नंको माइक्रोबसले ठक्कर दिएपछि गम्भीर घाइते भएकी पोखरा–३१ मोहोरिया निवासी ७८ वर्षकी देवकला बन्जराको मृत्युु भएको हो ।

पैदलयात्रा गरिरहेको अवस्थामा बसले बन्जरालाई बसले ठक्कर  दिएको थियो । ठक्करबाट गम्भीर  घाइते  बन्जराको पश्चिमाञ्चल  क्षेत्रीय अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। 

बस चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ । 
 

प्रकाशित मिति: १४:३५ बजे, बिहीबार, भदौ ३०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्