पुटिन गुटेरेसबीच खाद्यान्न निकासीसम्बन्धी फोनवार्ता
मस्को, भदाै ३० : संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेस र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच फोनवार्ता भएको छ।सो वार्तामा खासगरी खाद्यान्नको निकासीका विषयमा कुराकानी...
मस्को, भदाै ३० : संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेस र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच फोनवार्ता भएको छ।
सो वार्तामा खासगरी खाद्यान्नको निकासीका विषयमा कुराकानी भएको क्रेमलिनले जनाएको छ।
ब्ल्याक सी बन्दरगाहको बाटो भएर युक्रेनी खाद्यान्न निकासी गर्ने विषयमा उनीहरुबीच कुराकानी भएको बताइएको छ।
त्यसैगरी रसियाली खाद्यान्न तथा रासायनिक मलको निकासीका विषयमा पनि सो फोनमा कुराकानी भएको बताइएको छ।
त्यस अवसरमा महासचिव गुटेरेस र रुसी राष्ट्रपति पुटिनका बीचका रुस युक्रेन पछिल्लो अवस्थाबारे पनि कुराकानी भएको बताइएको छ।
त्यस अवसरमा रुसी राष्ट्रपति पुटिनले रुसी कृषि उपजका साथै रुसी विकासी मल र खाद्यान्न आदिको विदेशी बजारमा आपूर्तिका लागि सहज वातावरण निर्माण गरिदिन आग्रह गरेका थिए।
यसका लागि आफूले सक्दो प्रयास गर्ने र रुसी खाद्यान्न तथा रासायनिक मल विश्व बजारमा निर्यातका लागि आफूले सहजीकरण गर्ने महासचिव गुटेरेसले बताएका थिए।












