Kathmandu Press

भक्तपुर अस्पतालको मेसुमा डा गौतम

भक्तपुर, भदौ ३० : बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले भक्तपुर अस्पतालको मेडिकल सुपरिटेण्डेन्टमा डा सुमित्रा गौतमलाई  नियुक्त गरेको छ । बुधबार दोस्रोपटक सो पदमा...
भक्तपुर अस्पतालको मेसुमा डा गौतम

भक्तपुर, भदौ ३० : बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले भक्तपुर अस्पतालको मेडिकल सुपरिटेण्डेन्टमा डा सुमित्रा गौतमलाई  नियुक्त गरेको छ । बुधबार दोस्रोपटक सो पदमा पदबहाली गर्दै उनले बालबालिकाको ‘ओपिडी सेवा’ निःशुल्क गर्ने जानकारी दिए। 

त्यस्तै अस्पतालमा आउने बेवारिसे बिरामीको उपचार निःशुल्क गर्ने र बेवारिसे शवको व्यवस्थापनसमेत निःशुल्क गर्ने उनले बताए। यसअघि अस्पताल प्रशासनले बेवारिसे बिरामीको उपचार नगरी फर्काउने गरेको र विगतमा गर्दै आएको बेवारिसे शवको व्यवस्थापनसमेत रोकेको थियो। 

Hardik ivf

भक्तपुर अस्पताल विकास समितिका अध्यक्ष मिलन सुवालले समिति र अस्पताल व्यवस्थापन पक्षको संयुक्त प्रयासले अस्पताललाई उत्कृष्ट बनाइने बताए। 

कोरोमा महामारीको जटिल अवस्थामा मेसु डा गौतमले पहिलोपटक पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन, कोरोना उपचार सेवा एवं भेन्टिलेटरसहितको कोरोना आइसीयू, बच्चाका लागि एनआइसीयू, एचडीयूलगायत अन्य विभिन्न सेवा विस्तार गरेका थिए। 

साथै अस्पतालले समग्र मूल्याङ्कनमा ८२ अङ्क प्राप्त गरी विसं २०७७ मा प्रदेश अस्पतालमा सर्वोउत्कृष्ट अस्पताल घोषणा भई पुरस्कार प्राप्त गर्न सफल भएको थियो । अस्पतालले गुणस्तरीय सेवा विस्तार र सहज उपचार सञ्चालन गरेपछि अस्पतालमा दैनिक आठ सयदेखि एक हजारसम्म बिरामीको चाप बढेको थियो । 

मेसु डा गौतमले भक्तपुर अस्पताललाई  उत्कृष्ट बनाउने, बन्द भएका सेवा तत्कालै सञ्चालन गर्ने,  बेतिथिलाई रोक्ने, भक्तपुर र पूर्वका विभिन्न जिल्लाबाट आउने बिरामीलाई उपचारका लागि सिफारिस भएर जानु नपर्ने गरी सेवा सञ्चालन गरिने जानकारी दिए। 

प्रकाशित मिति: १२:२२ बजे, बिहीबार, भदौ ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्