सिरियाका लागि सहयोग गर्न संयुक्त राष्ट्रसंघीय महासचिवको आग्रह
संयुक्त राष्टसंघ, भदाै ३० : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले सिरियाका लागि सहयोग गर्न आग्रह गरेका छन्।सिरियाका लागि मानवीय सहायता आवश्यक रहेकाले त्यसका...
संयुक्त राष्टसंघ, भदाै ३० : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले सिरियाका लागि सहयोग गर्न आग्रह गरेका छन्।
सिरियाका लागि मानवीय सहायता आवश्यक रहेकाले त्यसका लागि आवश्यक सहयोग गर्न आग्रह गरेका हुन्।
बुधबार उनले सिरियाका नागरिकलाई जीविकाका लागि नै सहयोग गर्नुपर्ने भएकाले त्यसका लागि आवश्यक सहयोग रकम उपलब्ध गराउन माग गरेका हुन्। संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदमा बुधबार महासचिव गुटेरेसले विश्व समुदायलाई नै सो आग्रह गरेकाे समाचारमा जनाइएको छ।
उनले सिरियाली नागरिकको जीवन बचाउने योजनाका लागि संयुक्त राष्ट्रसंघले केही कार्यक्रम बनाएको र त्यसका लागि यस वर्षमात्र कम्तीमा पनि ४ करोड ४० लाख अमेरिकी डलर रकम चाहिएको बताए।
सो रकम सिरियाली नागरिकको जीवन बचाउन अत्यावश्यक पर्ने मानवीय सहयाताका लागि मात्र आवश्यक रहेको उनले जानकारी दिए। साथै उनले यसबाहेक पनि सिरियामा बाहिरबाट आएका शरणार्थी तथा सिरियाबाट भागेर बाहिरिएका शरणार्थीहरुका लागि पनि थप ६.१ मिलियन डलर आवश्यक रहेको उनले बताए।
यो सबै गरेर सन् २०२२ का लागि मात्र सिरियाका लागि १ करोड ५० लाख अमेरिकी डलर आवश्यक रहेको जानकारी दिए।
विगत लामो समयदेखिको आन्तरिक विद्रोह तथा यहाँ परेको खडेरी आदि कारणले गर्दा सिरियाको आर्थिक अवस्था निकै नाजुक रहेको र यहाँका बालबालिकासमेत कुपोषणको सिकार हुँदै गएका बताउँदै उनले यस्तो अवस्थामा सिरियाका लागि विशेषतः मानवीय सहायता चाहिएको पनि सो बैठकमा जनाए।












