आज प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक
काठमाडौं, भदौ ३० : आज संघीय संसदका दुवै सदनको बैठक बस्दै छ।प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। आजको बैठकमा प्रधानमन्त्री...
काठमाडौं, भदौ ३० : आज संघीय संसदका दुवै सदनको बैठक बस्दै छ।
प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट ‘न्याय परिषद र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन’ पेश गर्ने सम्भावित कार्यसूची छ।
त्यस्तै, राष्ट्रिय सभाको बैठक आज अपराह्न ३ बजे बस्नेछ। आजको बैठकमा केही विधेयक छलफल तथा पारितका लागि पेश गर्ने सम्भावित कार्यसूची छ।
राष्ट्रिय सभाको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्माले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७९’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
त्यस्तै कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विधायन समितिको प्रतिदेवनसहित पशु तथा पशुसेवा परिषद् विधेयक छलफलका लागि प्रस्तुत गर्ने कार्यसूची छ।












