Kathmandu Press

काठमाडौंका सार्वजनिक स्थलमा धुमपान सेवनमा रोक

काठमाडौं, भदौ ३० : काठमाडौं महानगरपालिकाले असोज १ गतेदेखि सार्वजनिक स्थलमा धुमपान निषेध गरेको छ।आज महानगरपालिकाले सूचना जारी गरी सार्वजनिक स्थलमा चुरोड, बिडी,...
काठमाडौंका सार्वजनिक स्थलमा धुमपान सेवनमा रोक

काठमाडौं, भदौ ३० : काठमाडौं महानगरपालिकाले असोज १ गतेदेखि सार्वजनिक स्थलमा धुमपान निषेध गरेको छ।

आज महानगरपालिकाले सूचना जारी गरी सार्वजनिक स्थलमा चुरोड, बिडी, सिगार, तमाखु, सुल्झा, कक्कड, कच्चा सुर्ती, खैनी खुट्खा वा त्यस्तै प्रकारका अन्य पदार्थ सेवन गर्न रोक लगाइएको जनाएको छ।

सार्वजनिक स्थललाई धुमपान र सुर्तीजन्य पदार्थमुक्त क्षेत्र घोषणा गर्ने प्रयासलाई सहयोग गरिदिन पनि महानगरले आग्रह गरेको छ।

सूचनामा कानून, सदाचार र सार्वजनिक हित तथा भलाइका हिसाबले महानगरले धुमपान तथा सुर्तीजन्य पदार्थमुक्त क्षेत्र बनाउन लागेको जनाएको छ। यसको विपरीत जानेलाई कारबाही हुने महानगरको सूचनामा उल्लेख छ।

 

प्रकाशित मिति: ०७:४२ बजे, बिहीबार, भदौ ३०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्