Kathmandu Press

बङ्गलादेशको राजधानीमा भारी वर्षा, होचो स्थानका बस्तीमा डुबान

ढाका, भदाै २९ : बङ्गलादेशको राजधानी ढाकाका केही भागमा बुधबार भएको मध्यमदेखि भारी वर्षाका कारण गहिरो क्षेत्रका बस्तीहरू जलमग्न बनेका छन्।बर्षाका कारण सडक...
बङ्गलादेशको राजधानीमा भारी वर्षा, होचो स्थानका बस्तीमा डुबान

ढाका, भदाै २९ : बङ्गलादेशको राजधानी ढाकाका केही भागमा बुधबार भएको मध्यमदेखि भारी वर्षाका कारण गहिरो क्षेत्रका बस्तीहरू जलमग्न बनेका छन्।

बर्षाका कारण सडक यातायात अवरुद्ध भएको छ।

दुई करोडभन्दा बढी जनसङ्ख्या रहेको यस सहरका केही भागका सडक, गल्ली र सहायक गल्लीहरूमा करिब दुई फिट गहिरो पानी जमेको छ। यसले गर्दा यात्रुहरूलाई निकै सास्ती भएको छ।

ढाकामा पछिल्लो २४ घण्टा अर्थात् स्थानीय समयअनुसार बुधबार बिहान ६ बजेसम्म ५३ मिलिमिटर वर्षा भएको देशको मौसम विज्ञान विभागले जनाएको छ।

बङ्गलादेशमा मनसुन सक्रिय रहेकाले देशभर मध्यमदेखि भारी वर्षासमेत भएको छ।

बङ्गलादेशको मौसम विज्ञान विभाग (बीएमडी) ले आगामी २४ घण्टामा शहर र उपनगरीय क्षेत्रमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको र केही स्थानमा अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

प्रकाशित मिति: २०:०१ बजे, बुधबार, भदौ २९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्