Kathmandu Press

दिवंगत महारानीको शवयात्राका लागि हिथ्रोका उडानमा रोक

दिवंगत महारानीको शवयात्राका लागि हिथ्रोका उडानमा रोक

लण्डन, भदाै २९ : बेलायतकी दिवंगत महारानी एलिजाबेथ द्वितीयाको शवयात्राका लागि लण्डनमाथि हवाई यातायातमा रोक लगाइएको हिथ्रो विमानस्थलले जनाएको छ ।

लण्डनको सबैभन्दा ठूलो विमानस्थलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'शबयात्राका समय होहल्लालाई रोक्नका लागि धेरै उडानहरूलाई अवरुद्ध गर्नुपरेको हो ।'

Hardik ivf

बकिङ्घम प्यालेसबाट वेस्टमिन्स्टर हलसम्म महारानीको शव लगिएकाले उडानमा प्रतिबन्ध लगाइएको छ । लण्डनको पश्चिममा रहेको विन्डसरमा सोमबार अन्त्येष्टि नहुञ्जेलसम्म महारानीको शबलाई श्रद्धाञ्जलिका लागि त्यहीँ राखिनेछ ।

यसैबीच हिथ्रोले सोमबारका लागि थप अवरोधको संकेत गरेको छ ।

'हामी हिथ्रो अपरेसनमा थप परिवर्तनहरू हुन सक्नेछन् । दिवंगत महारानीको अन्त्येष्टिका समय आगामी दिनहरूमा विमानस्थलमा हुने थप अवरोध विस्तारमा सूचनाहरू आउन सक्नेछन्,' विमानस्थलले भनेको छ ।

'यी परिवर्तनहरूले निम्त्याउने व्यवधानका लागि हामी क्षमा प्रार्थी छौं, किनकि हामी आगामी घटनाहरूमा प्रभाव सीमित गर्न काम गर्नेछौं।'

ब्रिटिस एयरवेजले बुधबारका यूरोपका लागि तय गरेका आठ वटा उडान रद्द गरेको पुष्टि गरेको छ ।

नागरिक उड्डयन प्राधिकरणको नियामकले सेप्टेम्बर ९ देखि १९ को बीचमा २,५०० फिट (७६० मिटर) भन्दा तल उड्ने ड्रोन लगायत गैर–मानक विमानहरू माथि प्रतिबन्ध लगाएको छ ।

प्रकाशित मिति: १९:१९ बजे, बुधबार, भदौ २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्