Kathmandu Press

अस्ट्रेलियामा पहिलोपटक श्रीमद्भागवत् महापुराण सम्पन्न

काठमाडौं, भदौ २९ : अस्ट्रेलियामा पहिलो पटक श्रीमद्भागवत् सप्ताह सम्पन्न भएको छ । सनातन समाज अस्ट्रेलियाको आयोजनामा गत अगष्ट १७ देखि २३ गतेसम्म क्यानबेराको ग्रेहाउन्ड...
अस्ट्रेलियामा पहिलोपटक श्रीमद्भागवत् महापुराण सम्पन्न

काठमाडौं, भदौ २९ : अस्ट्रेलियामा पहिलो पटक श्रीमद्भागवत् सप्ताह सम्पन्न भएको छ । 

सनातन समाज अस्ट्रेलियाको आयोजनामा गत अगष्ट १७ देखि २३ गतेसम्म क्यानबेराको ग्रेहाउन्ड रेसिंग क्लब न्याराबुन्डामा सप्ताह सम्पन्न भएको हो ।

Hardik ivf

अस्ट्रेलियामै पशुपति बनाउने उद्धेश्यका साथ सप्ताह आयोजना गरिएको समाजका अध्यक्ष सन्तोष मल्लले बताए । सप्ताहमा नेपाली र विदेशी भक्तजनकाे भव्य उपस्थिति भएको श्रीमद्भागवत महापुराण सप्ताह मुल समारोह समितिका सचिव विक्रम सुवेदीले जानकारी दिए । 

समाजले करिब एक महिना अघिदेखि नै सप्ताह आयोजना गर्ने तयारी सुरु गरेको थियो । त्यसका लागि अस्ट्रेलियामा रहेका विभिन्न संघसंस्थाहरुलाई समेत निमन्त्रणा गरिएको र सोही अनुसार विभिन्न संघ संस्थाका प्रतिनिधिहरु पनि सप्ताहमा उपस्थित भएको अध्यक्ष मल्लले बताए ।

सप्ताहबाट करिब साढे सात लाख अष्ट्रेलियन डलर संकलन भएको समाजले जनाएको छ । संकलित रकम  कोष खडा गरि जम्मा गरिने र अस्ट्रेलियामै पशुपतिनाथ मन्दिर बनाउन खर्च गरिने अध्यक्ष मल्लले बताए । 

समाजले सप्ताहमा सबैभन्दा बढी दान गर्ने दाताहरुको नाम पनि सार्वजनिक गरेको छ । राजेश पाठक र रीता पाठक, विवेक लोहनी र सुमित्रा लोहनी, आदर्श पाण्डे र श्रीजना पाण्डे, रामबाबु अधिकारी र सुष्मा अधिकारी, लगायतले सप्ताहमा सबैभन्दा बढी दान गरेको समितिका सचिव सुवेदीले जानकारी दिए। 

प्रकाशित मिति: १८:४० बजे, बुधबार, भदौ २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्