Kathmandu Press

भेरी नदीकाे पानी छ वर्षभित्र वीरेन्द्रनगर उपत्यकामा ल्याइने

भेरीगङ्गा, भदाै २९ : प्रदेश राजधानी भएसँगै सुर्खेत वीरेन्द्रनगरमा जनसङ्ख्या बाक्लिन थालेको छ । जनसङ्ख्या बढ्दै गएपछि खानेपानी समस्या पनि चुलिँदै गएको छ...
भेरी नदीकाे पानी छ वर्षभित्र वीरेन्द्रनगर उपत्यकामा ल्याइने

भेरीगङ्गा, भदाै २९ : प्रदेश राजधानी भएसँगै सुर्खेत वीरेन्द्रनगरमा जनसङ्ख्या बाक्लिन थालेको छ । जनसङ्ख्या बढ्दै गएपछि खानेपानी समस्या पनि चुलिँदै गएको छ ।

यही समस्यालाई दिगो समाधान गर्न भेरीको पानी उपत्यकामा ल्याइने गरी गुरुयोजना सुुरु भएको छ । लिफ्ट परियोजनामार्फत भेरीको पानी तानेर खानेपानी समस्याको दिगो समाधानको काम सुरु गर्न थालिएको छ ।

Hardik ivf

त्यसका लागि स्थानीय सरकारअन्तर्गतको वीरेन्द्रनगर नगरपालिका र सङ्घीय सरकारबीच सम्झौता भइसकेको छ । सम्झौताअनुसार छ वर्षभित्र भेरीको पानी वीरेन्द्रनगर उपत्यकामा ल्याइसकिने छ भने आयोजना सम्पन्न गर्न रु छ अर्ब लागत लाग्नेछ । सङ्घीय खानेपानी मन्त्रालयले विश्व बैंकको ऋण सहयोगमा सङ्घ, प्रदेश र स्थानीय तहको साझेदारीमा लिफ्टिङ प्रविधिमार्फत भेरीको पानी वीरेन्द्रनगर उपत्यकामा ल्याइने छ ।

वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकालका अनुसार आयोजना दुई चरणमा सम्पन्न गरिने छ । 'पहिलो तीन वर्ष पानी वितरण गर्छौं, अनि दोस्रो तीन वर्षमा पूर्णरूपमा योजना सम्पन्न गर्छौं,' उनले भने, 'हामी मङ्सिरपछि बोलपत्र आह्वान गर्ने तयारीमा छाैं।'

अहिले सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले उपत्यकामा खानेपानी वितरण गरिरहेको छ । उपत्यकाको खानेपानी समस्या समाधानका लागि दैनिक तीन सय २० लिटर प्रतिसेकेन्ड आपूर्ति हुनुपर्छ तर अहिले एक सय ५३ लिटर प्रतिसेकेन्ड पानी आपूर्ति भइरहेको छ । बढ्दो जनसङ्ख्या र सानो स्रोतका कारण अहिले खानेपानीको समस्या छ । उपत्यकामा अहिले पनि १८ हजार घरमा खानेपानीको धारा छैन ।

देशकै बृहत् खानेपानी आयोजनाअन्तर्गत रहेको यो योजना सम्पन्न गर्न सम्पूर्ण नगरवासीको सहयोगको अपेक्षा पनि नगरपालिकाले राखेको नगर प्रमुख ढकालले बताए।

प्रकाशित मिति: १८:३१ बजे, बुधबार, भदौ २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्