Kathmandu Press

सोह्रखुट्टेमा महानगरको टोली, अनधिकृत संरचना हटाउन सुरु 

सोह्रखुट्टेमा महानगरको टोली, अनधिकृत संरचना हटाउन सुरु 
फाइल तस्बिर

काठमाडौं, भदौ २९ : काठमाडौँ महानगरपालिकले सोह्रखुट्टे क्षेत्रमा निर्माण गरिएका अनधिकृत संरचना हटाउन सुरु गरेको छ ।

काठमाडौँ महानगरपालिकाको प्रमुखमा बालेन्द्र शाह निर्वाचित भएसँगै अनधिकृतरूपमा निर्माण गरिएका संरचना हटाउने क्रममा आज काठमाडौँ महानगरपालिका–१६ सोह्रखुट्टे क्षेत्रमा त्यस्ता संरचना हटाउन थालिएको हो । 

Hardik ivf

काठमाडौँ महानगरापलिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालले सोह्रखुट्टे चोकदेखि म्हैपीसम्मको सडकमा अनधिकृत रुपमा निर्माण गरिएका संरचना हटाउन सुरु गरिएको जानकारी दिए। उनका अनुसार अतिक्रमण गरी सञ्चालित फुटपाथ र नक्सा विपरीतको संरचना हटाइएको हो । सो वडाले वडाभित्र निर्माण गरिएका अनधिकृत संरचना हटाउन केही दिनअघि पत्राचारसमेत गरेको थियो ।

सोह्रखुट्टे क्षेत्रमा डोजर चल्न थालेपछि घरधनी र महानगर प्रहरीबीच विवाद भएको थियो । काठमाडौँ महानगरपालिकाले यसअघि न्यूरोड, नयाँ बानेश्वर, कोटेश्वर, चाबहिल र नयाँ बसपार्क क्षेत्रमा नक्सा विपरीत अनधिकृत रुपमा बनाइएका संरचना हटाइसकेको छ। 

प्रकाशित मिति: १६:५८ बजे, बुधबार, भदौ २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्