थप ११९ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडाैं, भदाै २९ : पछिल्लाे २४ घन्टामा देशभरि थप १ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभर गरिएको १ हजार ९ सय ५५...
काठमाडाैं, भदाै २९ : पछिल्लाे २४ घन्टामा देशभरि थप १ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभर गरिएको १ हजार ९ सय ५५ पिसिआर परीक्षणका क्रममा ८९ जना र २ हजार १ सय २९ एन्टिजेन परीक्षणका क्रममा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
कोरोनाका कारण बुधबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। त्यस्तै थप १ सय ३० संक्रमित कोरोनामुक्त भएका छन्।
हाल नेपालमा २ हजार १ सय ९१ सक्रिय संक्रमित आइसाेलेसनमा रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १६:५० बजे, बुधबार, भदौ २९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












