चिनियाँ राष्ट्रपति सी काजखस्तान र उज्बेकिस्तान जाने
बेइजिङ, भदाै २९ : चीनका राष्ट्रपति सि चिनफिङ बुधबार काजख्स्तान र उज्बेकिस्तान भ्रमणमा जाने भएको छ। उज्बेकिस्तानमा हुने सांघाइ सहयोग संगठन (एससिओ) को...
बेइजिङ, भदाै २९ : चीनका राष्ट्रपति सि चिनफिङ बुधबार काजख्स्तान र उज्बेकिस्तान भ्रमणमा जाने भएका छन्। उज्बेकिस्तानमा हुने सांघाइ सहयोग संगठन (एससिओ) को शीर्ष नेताहरुको बैठकमा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन्।
बैठकमा सहभागी हुन आएका विभिन्न देशका नेतासँग उनले शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको अधिकारीहरुले जनाएका छन्। भेटवार्ताका क्रममा उनले सबै शीर्ष नेताहरुसँग आपसी सम्बन्ध, दुई पक्षीय हित र साझा चासोका विषयमा छलफल गर्ने तय भएको छ।
उनको दुई देशको भ्रमण आगामी शुक्रबारसम्म हुने अधिकारीहरुले जानकारी दिएका छन्। यस वर्ष चीन र काजख्स्तानको कुटनीतिक सम्बन्ध स्थापना भएको ३० औँ वर्ष भएकाले पनि उनले भ्रमणलाई महत्व दिएको बताइएको छ।
चिनियाँ राष्ट्रपति सीले कोरोनाभाइरसको महामारी सुरु भएयता आफ्नो पहिलो विदेश भ्रमण गर्न लाग्नु भएको हो। तीन दिन लामो भ्रमणको पहिलो दिन उनी बुधबार काजख्स्तान जानुहुने भएको छ। उनले उज्बेकिस्तानमा हुने सम्मेलनमा भने बिहीबार सहभागिता जनाएका छन्।
सम्मेलनमा उज्बेकिस्तान, काजखस्तान, किर्गिस्तान, ताजिकिस्तानजस्ता मध्य एसियाली देशहरू तथा इरान, भारत र पाकिस्तानका शिर्ष नेताहरुको सहभागीता रहने जनाइएको छ।












