Kathmandu Press

थाइल्यान्डका प्रधानमन्त्रीको कार्यकाल सेप्टेम्बर ३० सम्म मात्रै

थाइल्यान्डका प्रधानमन्त्रीको कार्यकाल सेप्टेम्बर ३० सम्म मात्रै

बैंकक, भदाै २९ : थाइल्यान्डका प्रधानमन्त्री प्रयुत ओ चानको कार्यकाल सेप्टेम्बर ३० सम्म मात्रै रहने फैसला भएको छ।

थाइल्यान्डको संवैधानिक अदालतले उनको कार्यकाल सेप्टेम्बर ३० मा सकिने फैसला बुधबार गरेको हो। सोही अदालतले उनलाई यसअघि निलम्बन गर्ने फैसला गरेको थियो। निलम्बन गर्ने फैसला गर्दा नौ न्यायाधीशमध्ये पाँच न्यायाधीश निलम्बनको पक्षमा थिए।

Hardik ivf

उनको कार्यकालका बारेमा विपक्षी दलहरुले मुद्दा दिएपछि प्रधानमन्त्रीको कार्यकालका बारेमा विवाद रहेको थियो। थाइल्याण्डमा सन् २०१४ मा सैन्य कु भएदेखि उनी प्रधानमन्त्री हुन्।  

उनले संविधान संशोधन गरेर सरकार र संसदमा सैन्य सहभागीता बढाएर आफू बलियो भएर सत्ता टिकाएका हुन्। संसदमा सैन्य सहभागिताको व्यवस्था गरेर सन् २०१९ मा निर्वाचन गराएर बहुमत पुर्‍याएका थिए। 

विपक्षीहरुले उनको कार्यकाल सन् २०१४ को अगस्टदेखि नै गणना गर्नुपर्ने दाबी गरेका थिए भने प्रधानमन्त्री प्रयुत र सत्तारुढ दलले सन् २०१९ मा भएको आम निर्वाचनपछि मात्रै उनको कार्यकाल गणना हुने तर्क गरेका थिए। 

कु गरेर निर्वाचन अगाडिसम्मको कार्यकाललाई अन्तरिम कार्यकाल मान्नु पर्ने प्रधानमन्त्री पक्षधरको दाबी थियो। तर अदालतले भने उनीहरुको दाबी विपरित फैसला गरिदिएको छ। 

प्रकाशित मिति: १५:३९ बजे, बुधबार, भदौ २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्