Kathmandu Press

झडपमा इजरायली सैनिक र दुई प्यालेस्टाइनीको मृत्यु

झडपमा इजरायली सैनिक र दुई प्यालेस्टाइनीको मृत्यु

जेरुसेलम, भदाै २९ : कब्जामा रहेको वेस्ट बैंकमा अवस्थित एक प्रहरी जाँचचौकीनजिकै बुधबार राति भएको झडपमा एक इजरायली सैनिक र दुई प्यालेस्टाइनी मारिएका प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

गिल्बोआ क्रसिङनजिकै रातभर प्यालेस्टाइनी आतङ्ककारीहरुसँगको झडपमा आइडिएफ (सेना) एक अधिकारीको मृत्यु भएको इजरायली सेनाद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ।

प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले प्रहरी जाँचचौकीनजिकै दुई युवा शहीद भएको पुष्टि गरेको छ।

प्रकाशित मिति: १५:१२ बजे, बुधबार, भदौ २९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्