Kathmandu Press

फोटो पत्रकार महासंघको महाधिवेशन सौराहामा सुरू, उद्घाटन भाेलि

फोटो पत्रकार महासंघको महाधिवेशन सौराहामा सुरू, उद्घाटन भाेलि

चितवन, भदाै २९ : नेपाल फोटो पत्रकार महासंघको दोस्रो केन्द्रीय महाधिवेशन आज (बुधबार) देखि सौराहामा सुरु हुँदैछ। महाधिवेशन तीन दिनसम्म चल्नेछ। महाधिवेशनमा देशभरबाट ६ सय जना प्रतिनिधि एवं पर्यवेक्षक सहभागी हुने जनाइएको छ।

केन्द्रीय महासचिव हरिप्रसाद रेग्मीले आजदेखि महाधिवेशन हुने भए पनि महाधिवेशन उद्घाटन भने भदौ ३० गते गरिने जानकारी दिए। देशभरबाट आउने प्रतिनिधि तथा पर्यवेक्षकहरुलाई चितवनको पर्यटकीय स्थलबारे जानकारी गराउने तथा घुम्न प्रेरित गर्दै यहाँको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले एक दिनअघिदेखि भेला सुरु गरिने रेग्मीको भनाइ छ। 

Hardik ivf

महाधिवेशन उद्घाटनपछि बन्दसत्र सुरु हुने र अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, सहसचिव, कोषाध्यक्ष र सहकोषाध्यक्ष गरी एक÷एकजना पदाधिकारीसहित कम्तीमा १७ सदस्यीय केन्द्रीय समिति चयन गरिने रेग्मीको भनाइ छ।

भदौ ३१ गते नयाँ कार्यसमिति घोषणासँगै सौराहा घोषणपत्र जारी गर्दै महासङ्घको दोस्रो केन्द्रीय महाधिवेशन समापन गरिने रेग्मीले बताए। महासंघको सातवटै प्रदेश र ७४ वटा जिल्लाञ समिति रहेको महाधिवेशन मूल समितिका सहसंयोजक कोमलचन्द्र भगतले जानकारी दिए। 

प्रकाशित मिति: १३:१६ बजे, बुधबार, भदौ २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्