Kathmandu Press

मिनीट्रकको ठक्करबाट एक जनाको मृत्यु

नुवाकोट, भदौ २९ : नुवाकोटको बेलकोटगढी नगरपालिका–७ महादेवफाँटमा गएराति मिनीट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।गएराति...
मिनीट्रकको ठक्करबाट एक जनाको मृत्यु

नुवाकोट, भदौ २९ : नुवाकोटको बेलकोटगढी नगरपालिका–७ महादेवफाँटमा गएराति मिनीट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

गएराति महादेवफाँटस्थित बा २० च ९४४२ नंको कारलाई रोकेर ओर्लन लागेका दुई जनालाई मिनीट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ। ठक्करबाट बेलकोटगढी –७ का ५५ वर्षीय वीरेन्द्र कुँवरको घटनास्थलमै मृत्यु भएको छ।

त्यहि ठाउँका ४८ वर्षीय राजेन्द्र राई गम्भीर घाइते भएको नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले बताए। उनलाई थप उपचारका लागि काठमाडौं लगिएको छ।

मिनीट्रक चालकको लापरबाहीबाट दुर्घटना भएको जनाउँदै पीडित परिवारसहित स्थानीयवासीले शव उठाउन अस्वीकार गरेका छन्। उनीहरूले घटनास्थलमा बसेर रातिदेखि नै विरोध गरिरहेका छन्।

ठक्कर दिने बा ३ ख १६४ नंको मिनीट्रक घटनापछि भाग्ने क्रममा स्थानीयवासीले बेलकोटगढी–५ केउरिनी भन्ने स्थानबाट नियन्त्रणमा लिएर आगो लगाइदिएका छन्। चालकलाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख पण्डितले जानकारी दिए।

दुर्घटनापछि फरार भएको मिनीट्रकलाई रोक्न बेवास्था गरेको जनाउँदै स्थानीयवासीले प्रहरी चौकी तारुकाको देवीघाट–गल्छी सडकखण्डमा रहेको प्रहरी युनिटमा समेत तोडफोड गरेका छन्। घटनापछि गल्छी–रसुवागढी अन्तर्राष्ट्रिय राजमार्गको देवीघाट–गल्छी सडकखण्ड पूर्णरूपमा अवरुद्ध छ।

प्रकाशित मिति: ०७:२१ बजे, बुधबार, भदौ २९, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्