Kathmandu Press

मेलम्चीका बाढी प्रभावितको समस्या सुल्झाउन पूर्वमन्त्री बस्नेतको आग्रह

मकवानपुर, भदाै २८ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोक जिल्लाका बाढीपहिरो पीडितहरुको समस्या समाधान गर्न बागमती प्रदेश...
मेलम्चीका बाढी प्रभावितको समस्या सुल्झाउन पूर्वमन्त्री बस्नेतको आग्रह

मकवानपुर, भदाै २८ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोक जिल्लाका बाढीपहिरो पीडितहरुको समस्या समाधान गर्न बागमती प्रदेश सरकारलाई आग्रह गरेका छन।

मङ्गलबार हेटौँडामा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेसँग भेट गरी उनले मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका र पाँचपोखरी गाउँपालिकामा बाढीपहिरोका कारण सयौँ घर समस्यामा परेको जानकारी गराउँदै उनीहरुको समस्या समाधान गर्न आग्रह गरे।

Hardik ivf

उनले जोखिमयुक्त स्थानहरुको निर्माण तथा मर्मतसम्भार गर्न प्रदेश सरकारलाई आग्रह गरे। प्रदेश सरकारले सो क्षेत्रका लागि उपलब्ध गराएको रु १० करोडको बजेट पनि समयमै कार्यान्वयन नभएको भन्दै नेता बस्नेतले सयौँ घर विस्थापित भएकामा चिन्ता व्यक्त गरे।

प्रदेश सरकारले पीडितहरुको घर बनाइदिने भनेर निर्णय गरेको भए पनि हालसम्म निर्माण कार्य नभएको भन्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गराए। उनले हेटौँडामा सडक विस्तार गर्न, व्यवस्थित राजधानीका रूपमा विकास गर्न र प्रदेशको आफ्नै संरचना निर्माण गर्नसमेत सुझाव दिए।

प्रकाशित मिति: २०:०१ बजे, मंगलबार, भदौ २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्