Kathmandu Press

जापानका सर्वजेष्ठ पुरुषको ११२ वर्षको उमेरमा निधन

टाेकियाे, भदाै २८ : जापानका सबैभन्दा वृद्ध मिकिजो उएडाको ११२ वर्षको उमेरमा नारा शहरमा निधन भएको स्थानीय सरकारले मङ्गलबार जनाएको छ।उनको जन्म सन्...
जापानका सर्वजेष्ठ पुरुषको ११२ वर्षको उमेरमा निधन

टाेकियाे, भदाै २८ : जापानका सबैभन्दा वृद्ध मिकिजो उएडाको ११२ वर्षको उमेरमा नारा शहरमा निधन भएको स्थानीय सरकारले मङ्गलबार जनाएको छ।

उनको जन्म सन् १९१० मे महिनामा भएको थियो। उनको निधन भएपछि स्वास्थ्य मन्त्रालयले यसै साता देशकै  वृद्धहरूमध्येबाट अर्को सर्वजेष्ठ नागरिक घोषणा गर्ने तयारी गरेको छ।

गिनिज वल्र्ड रेकर्ड्सले विश्वकै सबैभन्दा वृद्ध व्यक्तिको रूपमा मान्यता पाएकी ११९ वर्षीया जापानी महिला केन तानाकाको यस वर्षको अप्रिल १९ मा फुकुओका प्रिफेक्चरमा निधन भएको थियो। उनको मृत्युसँगै, जापानको सबैभन्दा वृद्ध व्यक्ति अब ओसाका प्रिफेक्चरमा बस्ने  ११५ वर्षीया महिला फुसा तात्सुमी हुन्।

जापानका जिरोमोन किमुरा, गिनिज वल्र्ड रेकर्ड्स द्वारा प्रमाणित सबैभन्दा लामो समय बाँचेका पुरुष थिए उनी (११६ वर्ष र ५४ दिन) को उमेरमा जुन २०१३ मा निधन भएको थियो।

प्रकाशित मिति: १९:२८ बजे, मंगलबार, भदौ २८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्