Kathmandu Press

नेपाल महिला संघ पर्वतद्वारा पैयूँ गाँउपालिकामा प्रशिक्षण कार्यक्रम सम्पन्न 

काठमाडौं, भदौ २८ : नेपाल महिला संघ पर्बतले पैयूँ गाँउपालिकामा २ दिने महिला प्रसिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।संघको एक महिने महिलाहरूको क्षमता...
नेपाल महिला संघ पर्वतद्वारा पैयूँ गाँउपालिकामा प्रशिक्षण कार्यक्रम सम्पन्न 

काठमाडौं, भदौ २८ : नेपाल महिला संघ पर्बतले पैयृँ गाँउपालिकामा २ दिने महिला प्रसिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

संघको एक महिने महिलाहरूको क्षमता अभिबृद्वी तथा नेतृत्व बिकास अभियानको क्रममा पर्बतको पैयु गाउपालिकामा २ दिने महिला प्रसिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।

महिलाहरुको क्षमता अभिबृद्धि तथा नेतृत्व विकासमा नेपाल महिला संघ पर्बत एक महिने अभियानको क्रममा पैयृँ गाँउपलिका स्तरिय अगुवा महिला नेताहरूको लागी प्रशिक्षणमा नेपाल महिला संघ पर्वतको अध्यक्ष मुना शर्मा लामिछाने, नेपाल महिला संघको पुर्ब अध्यक्ष  जसमती गुरुङ, जिल्ला सचीव सुशिला शर्मा लगायतले प्रशिक्षण दिएका थिए ।

प्रशिक्षणमा भाषण कला, माइन्यूट लेखन, महिला हिंसा, आधुनिक समाजमा थपिएका हिंसा र बिभेद आदि बिषयमा प्रशिक्षण दिईएको थियो । 
 

प्रकाशित मिति: १८:५७ बजे, मंगलबार, भदौ २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्