Kathmandu Press

गल्याङका ९ सामुदायिक विद्यालयमा पुस्तकालय स्थापना

काठमाडौं, भदौ २७ : स्याङ्जाको गल्याङ नगरपालिकाका ९ वटा सामुदायिक विद्यालयमा यहि भदौ महिनामा बालमैत्री पुस्तकालय स्थापना भएको छ ।प्राथमिक तहमा अध्ययन गर्ने...
गल्याङका ९ सामुदायिक विद्यालयमा पुस्तकालय स्थापना

काठमाडौं, भदौ २७ : स्याङ्जाको गल्याङ नगरपालिकाका ९ वटा सामुदायिक विद्यालयमा यहि भदौ महिनामा बालमैत्री पुस्तकालय स्थापना भएको छ ।

प्राथमिक तहमा अध्ययन गर्ने बालबालिकाहरुमा पठन सिप र पढ्ने वानीको विकास गर्दै स्वतन्त्र तथा आत्मनिर्भर पाठक बनाउने उद्देश्यका साथ पालिकाका ९ विद्यालयहरु श्री बज्रेभान्ज्याङ माध्यमिक विद्यालय, श्री गल्कोट माध्यमिक विद्यालय, श्री ज्ञानज्योती आधारभूत विद्यालय, श्री हिमाञ्चल आधारभूत विद्यालय, श्री लखन थापा आधारभूत विद्यालय, श्री नरोदय माध्यमिक विद्यालय, श्री पक्वादी माध्यमिक विद्यालय, शिशुकल्याण माध्यमिक विद्यालय र श्री शिवालय माध्यमिक विद्यालयमा पुस्तकालय स्थापना गरिएको हो ।

Hardik ivf

गल्याङ नगरापालिका र रुम टु रिडको साझेदारीता तथा सूर्योदय क्लबको व्यवस्थापनमा पुस्तकालय स्थापना गरिएको हो । हाल प्रति विद्यालय करिव ४ सय वटा बालसाहित्यका पुस्तकहरुका साथ पुस्तकालय सुरुवात गरिएको छ ।

पुस्तकालय स्थापना गर्नको लागि नगरपालिकाले फर्निचर, कार्पेट, कुशन तथा रंगरोगन सहयोग गरेको थियो भने रुम टु रिड र सूर्योदय क्लबबाट तालिम, सामग्री, पुस्तकहरु तथा प्राविधिक सहयोग गरेको थियो ।

रुम टु रिड, सूर्याेदय क्लब तथा अन्य स्थानीय तहहरुसँगको साझेदारीतामा जिल्लाका अन्य विद्यालयहरुमा थप पुस्तकालय स्थापना गर्दै जाने सूर्योदय क्लबका अध्यक्ष अनन्त कुमार श्रेष्ठले बताएका छन् । 
 

प्रकाशित मिति: १८:४३ बजे, सोमबार, भदौ २७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्