Kathmandu Press

माछापुच्छ्रे बैंकको ऋणपत्र स्टक एक्सचेन्जमा सूचीकृत

काठमाडौं, मंसिर १८ : माछापुच्छ्रे बैंकले जारी गरेको ३० लाख थान ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ।

 बैंकको वार्षिक १०.२५% व्य....

माछापुच्छ्रे बैंकको ऋणपत्र स्टक एक्सचेन्जमा सूचीकृत

काठमाडौं, मंसिर १८ : माछापुच्छ्रे बैंकले जारी गरेको ३० लाख थान ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ।

 बैंकको वार्षिक १०.२५% व्याजदरसहित प्रतिऋणपत्र एक हजार रुपैयाँ रहेको ऋणपत्र बुधबारदेखि नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको हो ।

ऋणपत्र सूचीकृत सम्बन्धी सम्झौतापत्रमा मामाछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा नेपाल स्टक एक्सचेन्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले हस्ताक्षर गरेका छन्। 

सूचीकरण पछि १० वर्षमा सावाँ फिर्ता हुने उक्त ऋणपत्र नेपाल स्टक एक्सचेन्ज मार्फत दोस्रो बजारमा खरिद बिक्री गर्न सकिनेछ ।  
 
प्रकाशित मिति: १९:०० बजे, बुधबार, मंसिर १८, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्