Kathmandu Press

बाँदरलाई धपाउन कुकुरलाई पेन्ट गरेर ‘बाघ’

नयाँ दिल्ली, मंसिर १८ : कर्नाटनकको शिवमोगा जिल्लाका मानिसहरू कुकुरलाई पेन्ट गरेर बाघ बनाउन थालेका छन्। उनीहरू कुकुरको शरीरमा कालो र पहेंलो रंग दलेर टा....

बाँदरलाई धपाउन कुकुरलाई पेन्ट गरेर ‘बाघ’

नयाँ दिल्ली, मंसिर १८ : कर्नाटनकको शिवमोगा जिल्लाका मानिसहरू कुकुरलाई पेन्ट गरेर बाघ बनाउन थालेका छन्। उनीहरू कुकुरको शरीरमा कालो र पहेंलो रंग दलेर टाटेपांग्रे बनाइरहेका छन्।

उनीहरू यस्तो किन गरिरहेका छन्? जिज्ञासा स्वभाविक हो। यसको सबैभन्दा ठूलो कारण हो– बाँदर। हो, शिवमोगाका बासिन्दाहरु बाँदरको उपद्रबाट बच्नका लागि शिवमोगा जिल्लाका नल्लुर गाउँका मानिस घरमा पालेका कुकुरलाई पेन्ट गर्दै, बाघको रुप दिन थालेका हुन्।

उनीहरुले कुकुरलाई बाघजस्तो देखाएर बाँदर तर्साउने उपाय निकालेको भारतीय मिडियाले जनाएका छन्।

यो गाउँका मानिस कफी र सुपारी खेती गर्दै आएका छन्। गाउँका किसान श्रीकान्त गौडाका अनुसार योभन्दा पहिला बाँदर खेद्न निकै उपाय अपनाइएको थियो, तर केही नचलेपछि कुकुरलाई पेन्ट गरेर बाघको रुप दिन थालिएको हो।

उनले भने, ‘यसअघि गोवाबाट केही खेलौना ल्याएर बारीमा राख्ने गर्थ्यौं, केही समयपछि रंग उडेर जाने भएकाले बाँदरले फेरि दुःख दिन थाले। त्यसैले अब घरका कुकुरलाई पेन्ट गरेर बाघ बनाइएको हो।’

श्रीकान्तले बुलबुल नामको कुकुरलाई रंग्याएर बाघ बनाएका छन्। अचेल उक्त कुकुरलाई साँझ बिहान खेतबारीमा लगेर जानेवित्तिकै बाँदरको भागाभाग हुन थालेको छ।

‘यो उपाय कामयाब लागेपछि गाउँका अन्य किसानले पनि आफ्ना कुकुरलाई रंग्याएर बाघ बनाएका छन्’, श्रीकान्तले भने। कुकुरलाई बाघको रुप दिएपछि यहाँका किसानले बाँदरको ज्यादतीबाट छुटकारा पाएको उनले बताए ।

प्रकाशित मिति: १२:०३ बजे, बुधबार, मंसिर १८, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्