गढीमाईका दर्शनार्थी बोकेको पिकअप भ्यान दुर्घटना, दुईको मृत्यु, १६ घाइते
महोत्तरी, मंसिर १८ : गढीमाईको दर्शन गरेर फर्किएका दर्शनार्थी बोकेको पिकअप भ्यान महोत्तरीको बर्दिवास नगरपालिका–५ स्थित गढन्ता पुल नजिकै दुर्घटना ....

महोत्तरी, मंसिर १८ : गढीमाईको दर्शन गरेर फर्किएका दर्शनार्थी बोकेको पिकअप भ्यान महोत्तरीको बर्दिवास नगरपालिका–५ स्थित गढन्ता पुल नजिकै दुर्घटना भएको छ। दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने १६ घाइते भएका छन्।
बुधबार बिहान भएको दुर्घटनामा धनुषाको धनुषाधाम नगरपालिका–२ बस्ने ८० वर्षीया सकुन्तलादेवी साह र भारतको विहार राज्यको सिताहीकी ६५ वर्षीया वर्तनियादेवी साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए। उनीहरुको घटनास्थलमै मृत्यु भएको जनाएको छ।
बारामा गढीमाईको दर्शन गरी फर्कदै गरेको ना २ च ८८५५ नम्बरको पिकअप गढन्ता चोकमा अनियन्त्रित भई दुर्घटना भएको थियो।
दुर्घटनामा गम्भीर घाइतेमध्ये धनुषाधाम निवासी २७ वर्षीया कविताकुमारी महतोसहित चार जनालाई थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगिएको छ। अन्य १२ जनाको बर्दिवासस्थित शुभस्वस्तिक अस्पतालमा उपचार भइरहको प्रहरीले जनाएको छ।










