Kathmandu Press

पर्यटन बोर्डको सीईओका लागि निवेदन आह्वान

काठमाडौं, मंसिर १८ : नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) लागि निवेदन आह्वान गरिएको छ।

बुधबार सूचना प्रकाशित गरि बोर्डको सीईओ....

पर्यटन बोर्डको सीईओका लागि निवेदन आह्वान

काठमाडौं, मंसिर १८ : नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) लागि निवेदन आह्वान गरिएको छ।

बुधबार सूचना प्रकाशित गरि बोर्डको सीईओका लागि विनेदन आह्वान गरिएको हो। सूचनामा २१ दिनभित्र व्यावसायिक प्लान तथा भाषागत दक्षतासहित निवेदन पेश सूचित गरिएको छ।

सीईओका लागि निवेदन दिनका लागि पर्यटन क्षेत्रमा १० वर्षको अनुभव, जुनसुकै विषयमा स्नातकोत्तर गरेको हुनुपर्नेछ। तालिमप्राप्त र अनुभवीलाई प्राथमिकता दिइने उल्लेख छ।

अहिले बोर्डका सीईओ दीपकराज जोशीले पुस ७ गते अवकास पाउदैछन्। उनको ठाउँमा नयाँ सीईओका लागि निवेदन आह्वान गरिएको हो।

संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बोर्डको सीईओ नियुक्तीका लागि केही समय अघि समिति गठन गरेको थियो। समितिमा पर्यटन बोर्डका सदस्य विप्लव पौडेल संयोजक तथा मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय र बोर्डका सदस्य कृष्णबहादुर महरा रहेका छन्।

समितिले निवेदनमा परेका आवेदकमध्येवाट उत्कृष्ठ तीन जनाको नाम सिफारिस गर्नेछ। उत्कृष्ठ तीनबाट एक जना पर्यटन बोर्डको सीईओ नियुक्त हुनेछन्।
सीईओका कार्यकाल चार वर्षको हुन्छ। यसमा सेवा सुविधा तथा तलब आकर्षक हुन्छ।

प्रकाशित मिति: ११:२१ बजे, बुधबार, मंसिर १८, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्