Kathmandu Press

पुतलीबजारमा उद्यमशीलता तथा नव प्रवर्तन कोषको नविन सोच प्रतियोगिता सम्पन्न

काठमाडौं, भदौ २४ : पुतलीबजार नगरपालिका र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम यूएनडिपीको आर्थिक तथा प्राविधिक सहयोग र सुर्योदय क्लबको व्यवस्थापनमा संचालित हरित...
पुतलीबजारमा उद्यमशीलता तथा नव प्रवर्तन कोषको नविन सोच प्रतियोगिता सम्पन्न
Hardik ivfHardik ivf

काठमाडौं, भदौ २४ : पुतलीबजार नगरपालिका र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम यूएनडिपीको आर्थिक तथा प्राविधिक सहयोग र सुर्योदय क्लबको व्यवस्थापनमा संचालित हरित पुनरुत्थान तथा कोभिड १९ प्रतिकार्य पहल कार्यक्रम अन्तर्गत उद्यमशीलता तथा नव प्रवर्तन कोषको नविन सोच प्रतियोगिता सम्पन्न भएको हो । 

नयाँ सोच भएका, ब्यवसाय प्रबर्दन गर्न सहयोग हुने नया सोचहरू विच प्रतियोगिता गराई व्यवसाय तथा उद्यम शुरू गराउन उत्कृष्ट तथा नवीन सोनविनलाई पुरस्कृत गर्ने योजनाका साथ यो कार्यक्रम गरिएको हो । 

सहभागीहरुले शितल चिनिको खेती बाख्राको लागि स्लाइस, आर्गनिक जाम, स्प्रिलुना, आर्गनिक मल, सिलाई ,कढाइ , तथा बाख्रा पालन ड्रागन फ्रुट खेति, बायाफ्लगबिधिमा माछा पालन वजारीकरण  लगायतका विषयहरूमा २० जना सहभागीहरूले प्रस्तुति गरेका थिए । उत्कृष्ट १० नवीन सोचहरूलाई रू ५० हजार रकम स्टार्ट अपका लागि प्रदान गरिने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत एवं निर्णायक समितिका संयोजक गणेश अर्यालले बताए । 

प्रस्तुतिकरण कार्यक्रमको भर्चुअल रूपमा अवलोकन यूएनडिपिका गण्डकी तथा लुम्बिनी प्रदेशका प्रमुख सुदिप अर्यालले गरेका थिए । पुरस्कृत उद्यमीहरूलाई अन्य परामर्श, आवश्यक कर्जा, बजारीकरणका लागि पनि सहयोग गरिने क्लवका सचिव एक बहादुर गोदार रमेशले जानकारी दिए । नगर प्रमुख श्री तुलसीराम रेग्मीले पुतलीबजारलाई उद्यमीको नगर बनाउन आवश्यक सहयोग गर्ने बताए । 

प्रकाशित मिति: ०८:१६ बजे, शुक्रबार, भदौ २४, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्