Kathmandu Press

स्याङ्जाको करेन्डाँडामा शुरु भयो पोषण बहिरङ्ग उपचार सेवा

स्याङ्जाको करेन्डाँडामा शुरु भयो पोषण बहिरङ्ग उपचार सेवा

काठमाडौं, भदौ २२ : स्याङ्जाको पुतलीबजार ११ मा अवस्थित करेन्डाँडा स्वास्थ्य चौकी करेन्डाँडामा आज एक कार्यक्रमका बिच पोषण बहिरङ्ग उपचार केन्द्रको शुभारम्भ भएको छ ।

६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाहरुमा हुनसक्ने पोषण सम्बन्धी समस्यालाई समाधान गर्ने उद्देश्यले उक्त केन्द्रको स्थापना गरिएको हो । केन्द्रको उद्घाटन गर्दै पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीले यस सेवाबाट बालबालिकाहरुमा पोषणको कमीले देखिने विभिन्न स्वास्थ्यका समस्याहरु समाधानमा टेवा पुग्ने बताए । 

कुपोषणका कारण स्वास्थ्य कमजोर भएका बालबालिकाहरुलाई बहिरङ्ग उपचार सेवा मार्फत् उपचार गर्ने र त्यसबाट सम्भव नभएका बालबालिकालाई माथिल्ला निकायमा सिफारिस गर्ने काम यहाँबाट हुने भएकाले यसले बालबालिकाको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने करेन्डाँडा स्वास्थ्य चौकीका प्रमुख तीर्थराज अर्यालले बताए । 
 

प्रकाशित मिति: १८:३१ बजे, बुधबार, भदौ २२, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्