Kathmandu Press

पुस्तकालय दिवसको अवसर पारेर स्याङ्जामा पुस्तकालय सप्ताह 

काठमाडौं, भदौ २१ : ‘पढौ र पढाऔं निरन्तर शिक्षाका लागि पुस्तकालय जाओै’ भन्ने नाराका साथ अन्तर्गत युगज्योति आधारभूत बिद्यालय पुतलीबजार नगरपालिका–४ मा पुस्तकालय...
पुस्तकालय दिवसको अवसर पारेर स्याङ्जामा पुस्तकालय सप्ताह 
Hardik ivfHardik ivf

काठमाडौं, भदौ २१ : ‘पढौ र पढाऔं निरन्तर शिक्षाका लागि पुस्तकालय जाओै’ भन्ने नाराका साथ अन्तर्गत युगज्योति आधारभूत बिद्यालय पुतलीबजार नगरपालिका–४ मा पुस्तकालय सप्ताह विविध कार्यक्रम गरि पुस्तकालय दिवस मनाईएको छ । 

कार्यक्रममा सूर्योदय क्लवका अध्यक्ष अनन्तकुमार श्रेष्ठले उक्त अवसरमा विद्यार्थीहरूको पठन सीप बृद्दि गरि स्वतन्त्र पाठक वनाउन सक्दा मात्र शिक्षाको गुणस्तरमा सुधार आउन सक्नेमा जोड दिए । 

विद्यार्थीहरूलाई पठन कलाको परिक्षण गरि पुरस्कृत गरिएको थियो । कार्यक्रममा विद्यालयका प्रिन्सिपल प्रकाश कार्की, साक्षरता सहजकर्ता पूर्णकला सिंजाली र क्लवका कार्यक्रम ब्यवस्थापक मिरा मल्ल लगायत सहभागि थिए । 

रूम टु रिड र स्याङ्जा जिल्लाका ५ वटा पालिकाहरूको आर्थिक प्राविधिक सहयोग र सूर्योदय क्लवको ब्यवस्थापनमा ४४ वटा सामुदायिक विद्यालयमा साक्षरताकार्यक्रम संचालन भईरहेको छ । 

प्रकाशित मिति: २०:०४ बजे, मंगलबार, भदौ २१, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्