Kathmandu Press

जुम्लाकोटमा एक घर एक धारा

जुम्ला, भदौ १७ : जुम्लाको तिला गाउँपालिका– ८ स्थित जुम्लाकोट गाउँमा ‘एक घर एक धारा’ निर्माण हुँदा स्थानीय बासिन्दालाई राहत भएको छ। एउटै धारोमा घण्टौँसम्म...
जुम्लाकोटमा एक घर एक धारा

जुम्ला, भदौ १७ : जुम्लाको तिला गाउँपालिका– ८ स्थित जुम्लाकोट गाउँमा ‘एक घर एक धारा’ निर्माण हुँदा स्थानीय बासिन्दालाई राहत भएको छ। 

एउटै धारोमा घण्टौँसम्म पालो कुरेर बस्नुपर्ने स्थानीयको बाध्यता अहिले हटेको स्थानीय बासिन्दा धनलाल बस्नेतले बताउनुभयो । विसं २०५९ मा बनेको धारा जीर्ण भएको र पानीको मुहान सुकेपछि खानेपानीले काकाकुल जस्तै बनेको सो वडाको जुम्लाकोट गाउँमा अहिले एक घर एक धारा पुगेको तिला गाउँपालिका उपाध्यक्ष गेरीकला बुढाले जानकारी दिए। 

अनुकूलन कोषको आर्थिक सहयोग वन तथा वातावरण मन्त्रालय र विश्वखाद्य कार्यक्रमको प्राविधिक सहयोगमा पेस नेपालद्वारा सञ्चालित क्याप्स कर्णाली परियोजनाले एक घर एक धारा कार्यक्रम ल्याएको पेस नेपालका अध्यक्ष किशोर न्यौपानेले बताए। 

धारामा पानी आएर स्थानीयले खानेपानीको प्रयोग गरिसकेका छन् । कूल ६९ लाख ९२ हजार रुपैयाँको लागतमा खानेपानी धारा निर्माण भएको छ । बीस घनमिटरको दुई पानी सङ्कलन ट्याङ्की बनेका छन्। अब पानी ल्याउन टाढा जानुपर्दैन । समयकोसमेत बचत भएको जुम्लाकोटका स्थानीय बासिन्दा बताउँछन्।

प्रकाशित मिति: १६:०३ बजे, शुक्रबार, भदौ १७, २०७९
NTCNTC
प्रतिक्रिया दिनुहोस्