Kathmandu Press

ठड्याइए काष्ठमण्डपका खम्बा

काठमाडौं, माघ २७ : भूकम्पले भत्काएको तीन वर्षपछि काष्ठमण्डप खम्बा ठड्याइएका छन् । आईतबार एक कार्यक्रमबीच पूजाआजा गरेर काष्ठमण्डपका खम्बा ठड्याइएको हो ....

ठड्याइए काष्ठमण्डपका खम्बा
रिवाज राई

काठमाडौं, माघ २७ : भूकम्पले भत्काएको तीन वर्षपछि काष्ठमण्डप खम्बा ठड्याइएका छन् । आईतबार एक कार्यक्रमबीच पूजाआजा गरेर काष्ठमण्डपका खम्बा ठड्याइएको हो ।

चारमध्ये एक खम्बा ठड्याइएको काष्ठमण्डप पुनःनिर्माण समितिका संयोजक राजेश शाक्यले बताए । पूजाआजा भने चारै खम्बाकाे गरिएको छ । अन्य तीन खम्बा एक–दुई दिनमै ठड्याइने छन् ।

पूजा गरिदै ।

Hardik ivf

चारमध्ये तीन खम्बा नयाँ बनाइएको संयोजक शाक्यले बताए । एउटा भने पुरानै खम्बा प्रयोग गरिएको छ । विज्ञहरूबाट परिक्षण गराएर प्रयोग गर्न मिल्ने पुष्टि भएपछि मात्रै पुरानो खम्बा प्रयोग गरिएको उनले बताए ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी, प्रदेश ३ का सांसद एवं काष्ठमण्डप पुनःनिर्माण समितिका संयोजक राजेश शाक्य सहभागि रहेका थिए ।

खम्बाकाे पूजा गरिदै ।

कार्यक्रममा स्थानीय बासिन्दाको सहभागिता रहेको थियो । काठमाडौंका ६३ टोलका ज्यापु थकाली, १८ वहालका चक्रेश्वर, १८ वहिलका चक्रेश्वर र काठमार्डौको नेवार समुदायका सबै जातीय संस्थाका प्रमुखहरूको सहभागि रहेका थिए ।

यससँगै काष्ठमण्ड परिसरमा पुराना काठका कलाकृतिको पुनःनिर्माण तथा मर्मतसम्भार पनि चलिरहेको छ ।

प्रकाशित मिति: १५:४१ बजे, आइतबार, माघ २७, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्