Kathmandu Press

जासूसी गरेको आरोपमा एअरबसका १६ कर्मचारी बर्खास्त

एजेन्सी, मंसिर १६ : यूरोपेली विमानकम्पनी एअरबसले आफ्ना १६ कर्मचारीलाई जासूसी गरेको आरोपमा बर्खास्त गरेको छ । उनीहरूले कम्पनीको नियम विपरित अन्य संस्था....

जासूसी गरेको आरोपमा एअरबसका १६ कर्मचारी बर्खास्त

एजेन्सी, मंसिर १६ : यूरोपेली विमानकम्पनी एअरबसले आफ्ना १६ कर्मचारीलाई जासूसी गरेको आरोपमा बर्खास्त गरेको छ । उनीहरूले कम्पनीको नियम विपरित अन्य संस्थाका लागि जासूसी गरेको आरोप लागेपछि बर्खास्त गरिएको हो ।

जर्मनीको राष्ट्रिय समाचार संस्था (डीपीए) का अनुसार एअरबसले १६ कर्मचारीलाई बर्खास्त गरेको पुष्टि गरेको छ तर यस बिषयमा बिस्तृत विवरण उनीहरूलाई दिइएको छैन । कम्पनी निकट स्रोतले भन्यो, “जर्मनीका अभियोजनकर्ताले जर्मनीको सुरक्षाकर्मीसँग सम्बन्धित दुई सुरक्षा कार्यक्रममा एअरबसका कर्मचारीमाथि आन्तरिक जासूसी गरेको आशङ्कामा अनुसन्धान गरिरहेका छन् ।”

Hardik ivf

“हाम्रा केही कर्मचारीसँग उनीहरूसँग उपलब्ध नहुनुपर्ने कागजात भेटिएको छ,” स्रोतले भन्यो । उक्त स्रोतका अनुसार उनीहरूले म्यूनिकस्थित प्रोग्राम लाइन कम्युनिकेसन्स, गुप्तचर र सुरक्षा (सीआइएस) मा साइबर सुरषा तथा सम्बन्धित गतिविधिका लागि काम गर्थे । यस बिषयमा एअरबसका उच्च अधिकारीलाई सोधिएको प्रश्नमा कम्पनीले बाह्य कानूनी फर्मको सहयोगमा आन्तरिकरूपमा अनुसन्धान वा समीक्षा गरिरहेको बताइएको छ ।

कम्पनीले सम्बन्धित अधिकारीलाई मुद्दामा अनुसन्धानका लागि समन्वय गरिरहेको छ, एअरबसले यसपहिले नै जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ । बर्खास्तमा परेका एअरबसका कर्मचारीसँगबाट सञ्चार प्रणालीलगायत अन्य बिषयमा सूचना लिने जर्मनीको सेनाका गोप्य फाइलहरू नियन्त्रणमा लिइएको जर्मनीको सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।  

प्रकाशित मिति: ०७:२७ बजे, सोमबार, मंसिर १६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्