Kathmandu Press

जिपको ठक्करबाट पैदल यात्रीको मृत्यु

चैनपुर, भदौ १६ : बझाङमा जिपको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ।वित्थडचिर गाउँपालिका–९ का ६० वर्षीय गगन ओखेडाको जिपले ठक्कर दिँदा मृत्यु भएको...
जिपको ठक्करबाट पैदल यात्रीको मृत्यु

चैनपुर, भदौ १६ : बझाङमा जिपको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ।

वित्थडचिर गाउँपालिका–९ का ६० वर्षीय गगन ओखेडाको जिपले ठक्कर दिँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

केदारस्युँ गाउँपालिका–१ देउरा बजारबाट बागथलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१०० च २६९० नम्बरको जिपले देउरा बजारमा पैदल हिँड्दै गरेका ओखेडालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारी बताए।

उनको घटनास्थलमै मृत्यु भएको हो। बुङ्गल नगरपालिका–६ घर भएका जिप चालक दीपेन्द्र धामी घटनापछि फरार रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ०७:०७ बजे, बिहीबार, भदौ १६, २०७९
NTCNTC
प्रतिक्रिया दिनुहोस्