Kathmandu Press

खोला तर्ने क्रममा सिन्धुपाल्चोकमा एक युवकको मृत्यु

सिन्धुपाल्चोक, भदौ १६ : सिन्धुपाल्चोकको त्रिपुरान्दरी गाउँपालिका–४ बुसुन्डोलमा खोला तर्ने क्रममा गए साँझ एक युवकको मृत्यु भएको छ।बुसुन्डोलमा खोला तर्ने क्रममा स्थानीय अमित...
खोला तर्ने क्रममा सिन्धुपाल्चोकमा एक युवकको मृत्यु

सिन्धुपाल्चोक, भदौ १६ : सिन्धुपाल्चोकको त्रिपुरान्दरी गाउँपालिका–४ बुसुन्डोलमा खोला तर्ने क्रममा गए साँझ एक युवकको मृत्यु भएको छ।

बुसुन्डोलमा खोला तर्ने क्रममा स्थानीय अमित थामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले बताए। उनका अनुसार मामाघरबाट तीज मनाएर आमा र बहिनीसँगै फर्किदै गरेका अमितलाई खोला तर्ने क्रममा पहिरोसँगै आएको ढुङ्गाले लागेको थियो।

Hardik ivf

उनको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक बुढाथोकीले बताए। उनकी आमा र बहिनी भने सकुशल रहेका छन्।

खोलामा पुल नहुँदा स्थानीले सास्ती खप्दै आएका छन्। मुलाबारीबाट पिस्कर अध्ययन गर्न आउने विद्यार्थी तथा स्थानीयलाई वर्खामा आवतजावत गर्न खोलामा जोखिम रहेको स्थानीयले बताएका छन्।

प्रकाशित मिति: ०६:४७ बजे, बिहीबार, भदौ १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्