Kathmandu Press

सेनाको हेलिकाेप्टरद्वारा गर्भवतीको उद्धार

दैलेख, भदाै १५ : दैलेखको भैरवी गाउँपालिका–५ बाट एक गर्भवतीको नेपाली सेनाको हेलिकप्टरद्वारा उद्धार गरिएको छ। भैरवी गाउँपालिका–५ की सुनिता विष्टको सेनाको हेलिकप्टरबाट...
सेनाको हेलिकाेप्टरद्वारा गर्भवतीको उद्धार
Hardik ivf

दैलेख, भदाै १५ : दैलेखको भैरवी गाउँपालिका–५ बाट एक गर्भवतीको नेपाली सेनाको हेलिकप्टरद्वारा उद्धार गरिएको छ। भैरवी गाउँपालिका–५ की सुनिता विष्टको सेनाको हेलिकप्टरबाट आज उद्धार गरिएको हो।

सुत्केरी हुने क्रममा अगाडि नै रक्तस्राव भएकाले गर्भवतीलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सेनाको हेलिकप्टरबाट उद्धार गरी थप उपचारका लागि सुर्खेत पठाइएको हो। अहिले सुनिताको प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचार भइरहेको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए।

दैलेखमा शल्यक्रियाको सुविधा नभएका कारण गर्भवतीको थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत पठाउनु परेको हो। हेल्थ असिस्टेन्ट वीरेन्द्रराज शाहीले भने, 'जिल्ला अस्पताल दैलेखमा शल्यक्रिका लागि एनेस्थेसिया नहुँदा सुर्खेत पठाउनुपरेको हो।'

प्रकाशित मिति: २०:२१ बजे, बुधबार, भदौ १५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्