मोबाइल स्ट्याण्ड हटाउने निर्णयबाट राइडरलाई परेको असुविधाप्रति पठाओले पहल कदमी गर्ने
काठमाडौं, भदौ १५ : राइड सेयरिङ एपु पठाओले बाइकमा राखिएका मोबाइल स्ट्याण्ड हटाउने ट्राफिक प्रहरी कार्यालयको निर्णयबाट आफ्ना राइडरलाई परेको असुविधाप्रति सम्बन्धित निकायमा...
काठमाडौं, भदौ १५ : राइड सेयरिङ एपु पठाओले बाइकमा राखिएका मोबाइल स्ट्याण्ड हटाउने ट्राफिक प्रहरी कार्यालयको निर्णयबाट आफ्ना राइडरलाई परेको असुविधाप्रति सम्बन्धित निकायमा पहल कदमी गर्ने प्रतिबद्धता गरेको छ ।
पठाओ नेपाल प्रा.लि. का प्रवन्ध निर्देशक असिममान सिँह बस्न्यातले एक बिज्ञप्ति जारी गर्दै नेपाल सरकारको प्रचलित कानुम बमोजिम निर्माण भैसकेको बाइकमा केही कुरा थप्नु वा हटाउनु बाइकको स्वरुप परिवर्तन (मोडिफिकेसन) हो र सोही कारण बाइकमा राखिएका मोबाइल स्ट्याण्ड हाटाउन भनी केही दिन अगाडि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट पठाओ नेपाललाई सूचना आएकोले प्रहरीको आदेश बमोजिम हामीले उक्त सूचना हाम्रा राइडर र फुडम्यान साथीहरूलाई जानकारी गराईसकेको बताए ।
यस्तै कतिपय राइडर र फुडम्यान साथीहरूबाट मोबाइल स्ट्याण्ड नहुँदा गुगल म्याप प्रयोग गर्नमा कठिनाइ भएको भनी गुनासोहरु आएकोले अग्रभागमा खटिएर काम गर्ने साथीहरूको सुझाव र गुनासोलाई सम्बन्धित निकायमा पहल कदमी गर्ने प्रतिबद्धता व्यक्त समेत गरेका हुन् ।












