Kathmandu Press

आईएमईको दसैँ अफर सार्वजनिक 

काठमाडौं, भदौ १५ : आईएमई रेमिट्यान्स लिमिटेडले दसैँ, तिहार, छठ र नेपाल संवत् जस्ता चाडपर्वहरूका अवसरमा सेवाग्राहीहरूलाई लक्षित दसैँ अफर सार्वजनिक गरेको छ...
आईएमईको दसैँ अफर सार्वजनिक 

काठमाडौं, भदौ १५ : आईएमई रेमिट्यान्स लिमिटेडले दसैँ, तिहार, छठ र नेपाल संवत् जस्ता चाडपर्वहरूका अवसरमा सेवाग्राहीहरूलाई लक्षित दसैँ अफर सार्वजनिक गरेको छ । 

विदेशबाट आईएमईमार्फत आएको रकम प्राप्त गर्ने सेवाग्राहीमध्ये दैनिक एक जनालाई सामसुङ मोबाइल उपहार स्वरूप प्रदान गरिने कम्पनीले जनाएको हो । 

हरेक हप्ता आईएमई पे मोबाइल वालेट खातामा रकम प्राप्त गर्ने दुई जनालाई जनही २५ हजार रुपैयाँ उपहार स्वरूप प्रदान गरिनेछ । 

त्यस्तै अफर अवधिमा एक जना भाग्यशाली विजेतालाई दश लाख रुपैयाँ उपहार स्वरूप प्रदान गरिने कम्पनीले जनाएको छ । 

प्रकाशित मिति: १९:४५ बजे, बुधबार, भदौ १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्