Kathmandu Press

गृहमन्त्रीद्वारा चट्याङबाट घाइते भएकाको अवस्थाबारे जानकारी

काठमाडाैं, भदाै १५ : गृहमन्त्री बालकृष्ण खाणले दाङको घोराही उपमहानगरपालिका–१२ स्थित कुलवीर बुढाको घरमा चट्याङ पर्दा घाइते भएकाको अवस्थाबारे जानकारी लिएका छन।उनले आज...
गृहमन्त्रीद्वारा चट्याङबाट घाइते भएकाको अवस्थाबारे जानकारी

काठमाडाैं, भदाै १५ : गृहमन्त्री बालकृष्ण खाणले दाङको घोराही उपमहानगरपालिका–१२ स्थित कुलवीर बुढाको घरमा चट्याङ पर्दा घाइते भएकाको अवस्थाबारे जानकारी लिएका छन।

उनले आज दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी र जिल्लाका प्रहरी उपरीक्षक वीरबहादुर ओलीलाई टेलिफोन गरी घाइतेको अवस्थाबारे जानकारी लिएका हुन।

घाइतेको उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिँदै गृहमन्त्री खाणले जिल्लामा रहेको स्रोत र साधनबाट सम्भव नहुने भए केन्द्रमा जानकारी गराउन भनेकाे गृहमन्त्रीको सचिवालयले जनाएको छ।  

चट्याङ लागेर १६ वर्षीय दीपा घर्ती र १९ वर्षीय मनिषा शाहको मृत्यु भएको दाङका प्रहरी उपरीक्षक ओलीले जानकारी दिएका छन। चट्याङ लागेर नौ जना घाइते भएकामा पाँच जनाको सामान्य र अन्यको अवस्था मध्यम रहेको पनि उनले जानकारी दिए।

घाइते हुनेमा १५ वर्षीय निरुता शाह, जयन्ती घर्ती, १६ वर्षकी यामुसरी थापा र ३८ वर्षकी यमकुमारी शाहको अवस्था मध्यम रहेको जनाइएको छ। घटना सडकमार्गविहीन विकट क्षेत्रमा भएको जनाइएको छ।

त्यस्तै घटनामा १४ वर्षीय अञ्जना घर्ती, ३८ वर्षीय बेलकुमारी घर्ती १५ वर्षकी सावित्रा वली, ४२ वर्षकी मनकुमारी वली र ४ वर्षीया जेनिशा शाह सामान्य घाइते भएका जनाइएको छ। उनीहरूलाई यथाशक्य उपचारको व्यवस्था गर्न गृहमन्त्री खाणले निर्देशन दिएका छन।

प्रकाशित मिति: १८:४० बजे, बुधबार, भदौ १५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्