Kathmandu Press

अनुसन्धानमार्फत देशलाई योगदान दिन बिजुक्छेँको विद्यार्थीलाई आग्रह

भक्तपुर, भदाै १५ : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले विश्वविद्यालयहरुले नेपालको शिक्षा र प्रविधिलाई विदेशमा बेच्ने मालसामानका रूपमा गलत ढङ्ग प्रयोग...
अनुसन्धानमार्फत देशलाई योगदान दिन बिजुक्छेँको विद्यार्थीलाई आग्रह

भक्तपुर, भदाै १५ : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले विश्वविद्यालयहरुले नेपालको शिक्षा र प्रविधिलाई विदेशमा बेच्ने मालसामानका रूपमा गलत ढङ्ग प्रयोग गरिरहेको बताएका छन। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इञ्जिनीयरिङ कलेजमा आयोजना गरिएको विद्यार्थी अभिुमखीकरण कार्यक्रममा उनले उच्च शिक्षा हासिल गर्ने विद्यार्थीले आफ्नो शैक्षिक प्रमाणपत्रसँगसँगै विभिन्न अनुसन्धानमार्फत देशलाई योगदान दिने काम पनि गर्नुपर्ने बताए।

विश्वका अन्य मुलुकमा इञ्जिनीयर, डाक्टरलगायत अन्य विषयका विद्यार्थी राजनीतिक क्षेत्रमा सक्रिय रहेको चर्चा गर्दै उहाँले ख्वपका विद्यार्थीले पनि आफ्नो विज्ञतासँगै समाज र देशको हितका लागि देशको राजनीतिमा चासो राख्नुपर्नेमा जोड दिए। अध्यक्ष बिजुक्छेँले अङ्ग्रेजीलगायतका विदेशी भाषाको प्रयोग र तालिम सञ्चालन पनि आवश्यक रहेको बताए। अध्ययन र सिकाइ भनेको निरन्तर प्रक्रिया भएकाले विश्वसँग प्रतिस्पर्धा गर्न अंग्रेजी भाषामा पोख्त हुनु आवश्यक रहेको उनको भनाइ थियो।

Hardik ivf

कार्यक्रममा कलेज सञ्चालन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिका शिक्षा क्षेत्रमा नेपालमै सबैभन्दा अगाडि रहेको बताए। सरकारले सहयोग नगर्दा ख्वप विश्वविद्यालयले सम्बन्धनमा पाउन ढिलाइ भइरहेको भन्दै उनले भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउने लक्ष्य लिएर अगाडि बढिरहेको चर्चा गरे।

ख्वप इञ्जिनीयरिङ कलेजका प्राचार्य सुजन माक, ख्वप कलेज अफ इञ्जिनीयरिङका प्राचार्य सुनिल दुवाल, विभागीय प्रमुख डा मन्जिप शाक्य, कलेजको अनुसन्धान र विकास विभागका संयोजक डा सुवेगमान बिजुक्छे, कलेजका उपप्राचार्य रवीन्द्र फोँजुलगायतले कलेजले देशभरका विभिन्न जिल्लाबाट अध्ययनका लागि आएका विद्यार्थीलाई न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरेको बताए।

प्रकाशित मिति: १८:१६ बजे, बुधबार, भदौ १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्