Kathmandu Press

क्षमता अभिवृद्धि गर्न सेजन र बारबीच सम्झौता

काठमाडाैं, भदाै १५ : नेपाल आर्थिक पत्रकार समाज (सेजन) र नेपाल बार एशोसिएसनबीच आर्थिक पत्रकारहरूलाई आर्थिक तथा व्यावसायिक कानूनसम्बन्धी क्षमता अभिवृद्धि गर्ने बारे...
क्षमता अभिवृद्धि गर्न सेजन र बारबीच सम्झौता

काठमाडाैं, भदाै १५ : नेपाल आर्थिक पत्रकार समाज (सेजन) र नेपाल बार एशोसिएसनबीच आर्थिक पत्रकारहरूलाई आर्थिक तथा व्यावसायिक कानूनसम्बन्धी क्षमता अभिवृद्धि गर्ने बारे समझदारी भएको छ।

बार एशोसिएसनको कार्यालय रामशाहपथमा आज एक कार्यक्रमका बीच द्विपक्षीय सम्झौता गरिएको हो। सम्झौतामा बारको तर्फबाट महासचिव अन्जिता खनाल र सेजनको तर्फबाट महासचिव भागवत भट्टराईले हस्ताक्षर गरे।

आर्थिक तथा व्यावसायिक कानूनका विषयमा सेजनका सदस्यको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गर्ने तालिममा एशोसिएशनको तर्फबाट स्रोत व्यक्ति उपलब्ध गराउनेबारे द्विपक्षीय सम्झौतामा उल्लेख छ।

Hardik ivf

तालिमका लागि स्रोत व्यक्तिका रुपमा अर्थ क्षेत्रसँग सम्बन्धित विज्ञ वरिष्ठ अधिवक्ताहरू बार एशोसिएसनले उपलब्ध गराउने भने अन्य व्यवस्थापन सेजनले गर्ने समझदारीपत्रमा उल्लेख छ।

सम्झौता हस्ताक्षर कार्यक्रममा नेपाल बार एसोसियसनका बागमती प्रदेश उपाध्यक्ष हर्कबहादुर रावलले यस्ता किसिमका क्षमता विकास कार्यक्रमले समग्र आर्थिक विकासमा टेवा पुग्ने बताए। 'मुलुकको आर्थिक सामाजिक विकासमा प्रोफेसनल संस्थाबीचको सहकार्यले महत्वपूर्ण योगदान गर्छ,' उपाध्यक्ष रावलले भने।

बारकी महासचिव अन्जिता खनालले सेजनसँगको सहकार्यले बारलाई समेत सम्बन्धित विषयका विज्ञको रोष्टर तयार पार्न सहयोग पुग्ने बताए। यो सहकार्यको सुरुआत भएको भन्दै आगामी दिनमा अझ बढी सहकार्यका ढोका खुल्ने उहाँको भनाइ थियो।

सम्झौता हस्ताक्षर कार्यक्रममा सेजनका अध्यक्ष जनार्दन बरालले आर्थिक पत्रकारलाई आर्थिक तथा व्यावसायिक कानूनको रिपोर्टिङ तथा सम्पादन गर्न यो तालीम महत्वपूर्ण साबित हुने बताए।

'आर्थिक कानूनका विषयमा पत्रकारको क्षमता विकासले पत्रकारिताको गुणस्तर विकास हुन्छ, जसले मुलुकको आर्थिक विकासमा महत्वपूर्ण योगदान गर्नसक्छ,' अध्यक्ष बरालले भने।

पत्रकारले सिक्दा सही समाचार सम्प्रेषण हुने र यसले समाचारको गुणस्तर एवं विश्वसनीयता समेत बढाउने उनले बताए।

प्रकाशित मिति: १७:५४ बजे, बुधबार, भदौ १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्