टि-ट्वान्टी वरीयतामा नेपाल एक स्थान तल झर्यो
काठमाडौं, भदौ १५ : टि-ट्वान्टी अन्तर्राष्टिय क्रिकेट वरीयतामा नेपाल एक स्थान तल झरेको छ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद ९आईसीसी० ले आज सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल...
काठमाडौं, भदौ १५ : टि-ट्वान्टी अन्तर्राष्टिय क्रिकेट वरीयतामा नेपाल एक स्थान तल झरेको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद ९आईसीसी० ले आज सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल एक स्थान तल झर्दै १६ औँ स्थानमा पुगेको हो। यसअघि नेपाल १५ औँ स्थानमा रहेको थियो। एकदिवसीय वरीयतामा भने नेपाल १९ औँ स्थानमा रहेको छ।
केन्या विरुद्धको पाँच खेलको टि-ट्वान्टी सिरिजको उपाधि जितेता भए पनि नेपालको वरीयता भने खस्कियो। मङ्गलबार सम्पन्न उक्त सिरिज नेपालले ३-२ ले आफ्नो पक्षमा पारेको थियो। अब नेपालले केन्याविरुद्ध तीन एक दिवसीय सिरिज खेल्नेछ। उक्त खेल यही भदौ १७ गतेदेखि सुरु हुनेछ।
टी-ट्वान्टीको नयाँ वरीयतामा भारत शीर्ष स्थानमा रहेको छ भने इंग्ल्यान्ड दोस्रो तथा पाकिस्तान तेस्रो स्थानमा रहेको छ। यसैगरी दक्षिण अफ्रीका चौंथो, न्युजिल्याण्ड पाँचौं, अष्ट्रेलिया छैटौं, वेस्ट इन्डिज सातौं, श्रीलङ्का आठौं, बंगलादेश नवौं र अफगानिस्तान दशौँ स्थानमा रहेका छन्।












