Kathmandu Press

राष्ट्रसंघका महासचिव आगामी साता पाकिस्तान जाने

संयुक्त राष्ट्रसंघ, भदाै १५ : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस आगामी हप्ता पाकिस्तानको भ्रमणमा जाने भएका छन्।  पाकिस्तानमा केही हप्ता यतादेखिको बाढीपहिरोले पुर्‍याएको क्षतिका समयमा...
राष्ट्रसंघका महासचिव आगामी साता पाकिस्तान जाने

संयुक्त राष्ट्रसंघ, भदाै १५ : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस आगामी हप्ता पाकिस्तानको भ्रमणमा जाने भएका छन्। 
 
पाकिस्तानमा केही हप्ता यतादेखिको बाढीपहिरोले पुर्‍याएको क्षतिका समयमा पाकिस्तानी सरकार र त्यहाँका नागरिकलाई सान्त्वना दिनका लागि महासचिव एन्टोनियो गुटरेसले पाकिस्तानको भ्रमण गर्न लाग्नुभएको महासचिव गुटरेसका प्रवक्ताले जानकारी दिएका छन्।

उनी आगामी सेप्टेम्बर ९ मा पाकिस्तान पुग्नुहुने उहाँका प्रवक्ता स्टेफन डुजारिकले जानकारी दिएका हुन्। 

महासचिव गुटरेसले पाकिस्तानमा बाढी र पहिरोबाट सबैभन्दा बढी प्रभावित क्षेत्रको भ्रमण गर्ने पनि उनले जानकारी दिएका हुन्। 
 
पाकिस्तानका विभिन्न भागमा परेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर एक हजार एक सयभन्दा बढी मानिसको मृत्यु भएको छ। 
 
यो बाढीमा परेर तीन करोड ३० लाखभन्दा बढी मानिस प्रभावित भएका छन्। यहाँ गएको हप्तादेखि अविरल रुपमा वर्षा भएको छ। 

राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार पाकिस्तानमा बितेका दुई महिनामा वर्षाजन्य दुर्घटनामा परेर ती व्यक्तिको मृत्यु भएको हो। यहाँका १ हजार ६ सय ३४ जना घाइते अस्पतालमा रहेका छन्। 

प्रकाशित मिति: १६:५६ बजे, बुधबार, भदौ १५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्