बुवाको सम्झना विद्यार्थीलाई सहयोग
बैतडी, माघ २७ : बैतडीको रौलेश्वर माविका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको छ ।
जापानमा बस्दै आएका मोहन मडै र लक्ष्मी मडैले आफ्ना बु....

बैतडी, माघ २७ : बैतडीको रौलेश्वर माविका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको छ ।
जापानमा बस्दै आएका मोहन मडै र लक्ष्मी मडैले आफ्ना बुवा गणेश मडैको सम्झनामा शैक्षिक सामग्री प्रदान गरेका हुन् । रौलेश्वरमा अध्ययनरत ४८ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई विद्यालय पोशाक, झोला वितरण गरिएको स्थानीय रिजन मडैले बताए ।
उनी हरेक वर्ष सरस्वती पूजाका दिन विद्यालयमा सहयोग गर्दै आएका छन् । गत तीन वर्षदेखि गरिब तथा जेहेन्दार विद्यार्थीलाई सहयोग प्रदान गर्दै आएको विद्यालयले जनाएको छ ।
मोहन र लक्ष्मीले पनि रौलेश्वरमै अध्ययन गरेका थिए ।
प्रकाशित मिति: १५:३४ बजे, आइतबार, माघ २७, २०७५
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)