Kathmandu Press

पहिरोले पोखरा-बागलुङ सडक अवरुद्ध

पोखरा, भदौ १५ : लगातारको वर्षाका कारण मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ सडकखण्ड अवरुद्ध भएको छ।पर्वतको मोदी गाउँपालिका–५ बाजुङस्थित भ्याप्लेमा पहिरो खरेका कारण गए रातिदेखि...
पहिरोले पोखरा-बागलुङ सडक अवरुद्ध

पोखरा, भदौ १५ : लगातारको वर्षाका कारण मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ सडकखण्ड अवरुद्ध भएको छ।

पर्वतको मोदी गाउँपालिका–५ बाजुङस्थित भ्याप्लेमा पहिरो खरेका कारण गए रातिदेखि सडक अवरुद्ध भएको हो। ठूला–ठूला ढुङ्गा सडकमा झरेका कारण तत्काल खुलाउन नसकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुमन न्यूरेले जानकारी दिए। वर्षा नरोकिएकाले पहिरो पन्छाउन समस्या भएको छ।

Hardik ivf

त्यस्तै सोही स्थानभन्दा केही अगाडि मोदीखेतमा पनि सडकमा ढुङ्गा झरेर अवरुद्ध भएको छ। भ्याप्लेको पहिरो पन्छाएपछि उक्त ढुङ्गा पन्छाएर सडक खुलाइने प्रहरीले जनाएको छ।

सडक अवरुद्ध हुँदा पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङबाट छुटेका अन्य सवारीसाधन आम्बोट र पातीचौरमा थन्किएका छन् । दिउँसोसम्म सडक खुलाउन सकिने प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ०८:२४ बजे, बुधबार, भदौ १५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्