उद्योग व्यवस्थापन विधेयकबारे उधोगीहरूसँग छलफल
वीरगंज, माघ २७ : प्रदेश सरकारले उद्योग व्यवस्थापन विधेयकबारे वीरगंजका उधोगीहरूसँग छलफल गरेको छ ।
वीरगंज उद्योग वाणिज्य संघको सभाकक्षमा आयोजि....
वीरगंज, माघ २७ : प्रदेश सरकारले उद्योग व्यवस्थापन विधेयकबारे वीरगंजका उधोगीहरूसँग छलफल गरेको छ ।
वीरगंज उद्योग वाणिज्य संघको सभाकक्षमा आयोजित कार्यक्रममा विधेयकमा हुनपर्ने परिमार्जनका विषयमा छलफल भएको वीरगंज उधोग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले बताए ।
छलफलपछि प्रदेश सरकारले उद्योग व्यवस्थापन विधेयक परिमार्जन गर्न समिति गठन गरेको छ । जसले १५ दिनभित्र प्रदेश सरकारले तयार गरेको विधेयक २०७५ मा परिमार्जनमा थपिनुपर्ने सुझावसहितको प्रतिवेदन तयार गर्नेछ ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश राय, प्रदेश सभा सदस्य सिंहासन साह, मुख्य न्यायधिवक्ता दिपेन्द्र झा र स्थानिय उद्योगी व्यवसायी छलफलमा सहभागी थिए ।
प्रदेशको आर्थिक अवस्था निरन्तर खस्किदै गएको अवस्थामा उद्योगको प्रवद्र्धनको लागि सरकारले खासै पहल नगरेको उद्योगीको गुनासो थियो । उद्योगमैत्री नीति र कानून बनाउने पर्ने धारणा राख्दै अध्यक्ष केडियाले उद्योगी व्यवसायीबाट व्यक्त सुझावलाई समावेश गर्नु पर्ने बताए ।
कार्यक्रममा पूर्वअध्यक्ष गणेश लाठ, अशोक टेमानी, अशोक बैध, पूर्वउपाध्यक्ष जगदीश अग्रवाल, डाबर नेपाल प्रा.लि. बाराका महाप्रबन्धक कैलाशराम चौरसिया तथा जगदम्बा स्टील इण्डष्ट्रीजका महाप्रबन्धक अनुराग शर्माको उपस्थिति थियो ।