Kathmandu Press

सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले वृद्धि

काठमाडाैं, मंसिर १३ : सुनको मूल्य प्रतितोला तीन सय रूपैयाँले वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुनको ....

सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले वृद्धि
फाइल

काठमाडाैं, मंसिर १३ : सुनको मूल्य प्रतितोला तीन सय रूपैयाँले वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ७१ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला ७१ हजार रूपैयाँ कायम भएको छ।

बिहीबार छापावला सुन प्रतितोला ७१ हजार र तेजाबी सुन प्रतितोला ७० हजार ७०० रूपैयाँमा खरीद बिक्री भएको थियो। 

त्यसैगरी, चाँदीको मूल्य पनि वृद्धि भएको छ। चाँदीको मूल्य पाँच रूपैयाँले वृद्धि भई प्रतितोला ८५५ रूपैयाँमा खरीद बिक्री भइरहेको महासंघले जनाएको छ।
 

प्रकाशित मिति: १७:०० बजे, शुक्रबार, मंसिर १३, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्